असमका १९ लाख नागरिकले भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने

१४ भाद्र २०७६, शनिबार १६:०५
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको असममा रहेका १९ लाखभन्दा धेरै नागरिकले आफू भारतीय रहेको पुष्टि गर्नुपर्ने भएको छ । नेशनल सिटिजन रजिष्टर (एनआरसी) शनिवार प्रकाशित गरेको अन्तिम नामावलीमा १९ लाख ६ हजार ६ सय ५७ जनाको नाम छुटेपछि उनीहरुले आफू भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने भएको हो ।
अन्तिम नामावलीमा रहेका ३ करोड ११ लाख २१ हजार ४ जनामध्ये १९ लाख ६ हजार ६ सय ५७ जनाको आवश्यकता कागजात नभएपछि उनीहरुको नाम हटाइएको एनआरसीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । असमका मुख्यमन्त्री सर्बानन्द सोनोवालले अन्तिम नामावलीमा नाम नपरेकाहरुलाई नागरिकता प्रमाणित गर्न थप मौका दिने बताए । उनीहरुलाई ६० दिन बढाएर १ सय २० दिनभित्र वैदेशिक ट्राइब्यूनल अपिल गर्ने समय थपिएको मुख्यमन्त्री सोनोवालले जनाए ।
अन्तिम नामावलीमा लाखौं व्यक्ति छुटेपछि आन्दोलन हुन सक्ने भन्दै असममा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । केही ठाउँलाई संवेदनशिल घोषणा गरिएको छ । असममा अवैध रुपमा बसेका नागरिक पहिचान गर्न भारत सरकारले असमबासीसँग आफू भारतीय भएको पुष्टि हुने कागजात मागेको थियो ।
(एजेन्सी)

Next Post

प्युठान अस्पतालको स्वास्थ्य सेवा प्रभावित

१४ भाद्र २०७६, शनिबार १६:०५
सदरलाइनडटकम, प्युठान : दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ । ५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन । स्तरवृद्धि भएको भनिएको तीन वर्ष […]

सम्बन्धित