जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते

१३ भाद्र २०७६, शुक्रबार १८:२०
 

सदरलाइनडटकम,
अछाम : अछाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जीप दुर्घटना हुँदा सोही ठाउँका कौशी साउद र किथ्थी साउदको मृत्यु भएको वडा नम्वर ७ का अध्यक्ष नरवहादुर साउदले जानकारी दिए ।
साँफेबगरवाट मेल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो । शुक्रवार साँझ भएको दुर्घटनामा ५ जना घाइते छन् भने विस्तृत जानकारी आउन बाँकी छ ।

Next Post

‘गाई मृत्यु घटनाको छानबीन समिति गठन गरिने’

१३ भाद्र २०७६, शुक्रबार १८:२०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेस्थित नेपालगञ्जको कान्जिहाउसमा रहेका छाडा पशुचौपायाहरुलाई सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा केही पशुचौपायाहरु मरेको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । सुर्खेतको कटकुवासम्म ट्रकमा र त्यहाँबाट पैदल दैलेखको श्रीस्थानसमेतका क्षेत्रमा पुर्याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको विभिन्न समाचारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण […]

सम्बन्धित