नेपालगञ्ज काञ्जिहाउसका गाई सुर्खेतमा भीरबाट खसालियो

१३ भाद्र २०७६, शुक्रबार १५:३६
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगञ्जबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन् ।
नेपालगञ्जबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बिहीबार नेपालगञ्जबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन् । रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।
प्रहरीकाअनुसार मरेका गाईको विवरण संकलन भइरहेकाले अरु धेरै संख्यामा मरेको हुनसक्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा गाई कसले किन भीरबाट खसाल्यो भन्ने अनुसन्धान भइरहेको सुर्खेतका ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिंजापतिले बताए । प्रहरीका अनुसार गाई छाडेर फिर्ता भएका ट्रकलाई बबईबाट नियन्त्रणमा लिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका छाडा चौपाया दैलेखतर्फ पठाएको बुझिएको छ । उपमहानगरपालिकाको पशुचौपाया व्यवस्थापन शाखाले दैलेखको श्रीस्थान क्षेत्रका नागरिकले गाई पाल्ने बताएपछि त्यसतर्फ गाई पठाइएको जनाएको छ ।
तर गाई दैलेख नपुग्दै बीचमै भीरबाट फालिएका हुन् । खुला सिमानाका कारण भारतबाट भित्रिएका र नेपालगञ्जमै रहेका छाडा गाईलाई उपमहानगरले व्यवस्थापन गर्न नसकेपछि दैलेखतर्फ पठाएको थियो ।
मरेका र घाइते रहेका गाईमध्ये केहीको कानमा ट्यागसमेत लगाइएको छ । करिब तीन सयको संख्यामा गाई भीरबाट खसालिएको र जंगलमा छाडिएको भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

Next Post

नेपालगञ्जका खेलाडीको गृहनगरमा भव्य स्वागत

१३ भाद्र २०७६, शुक्रबार १५:३६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको धम्बोझी क्लब नेपालगञ्जका खेलाडीलाई शुक्रवार गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको विजेता क्लवका खेलाडीलाई नेपालगञ्जबासीले बाजागाजासहित खेलाडीहरुलाई नगरपरिक्रमा गर्दै सम्मान र स्वागत गरेका हुन् । खेलाडीको स्वागत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर सुनीलसिंह हमालले प्रदेशस्तरीय […]