गृहणी महिलालाई व्यवसायिक बाख्रापालन तालिम

  
  प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६       | 40 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : गृहणी महिलाको लागि तीन दिने व्यावसायीक बाख्रापालन तालिम नेपालगञ्जमा सुरु भएको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बाँके परसपुर शाखाको आयोजनामा बाँके र बर्दियाका निर्धन बचत समुहमा आवद्ध गृहणीलाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।
सो तालिममा बाँकेको नेपालगन्ज उप–महानगरपालिका, खजुरा र जानकी गाउपालिका तथा बर्दियाको बढैयाताल गाउपालिकाका निर्धनको बचत समुहमा आबद्ध ३० जना गृहणी महिला सहभागी रहेका छन् ।
तलिमको उद्दघाटन गर्दै खजुरा गाउपालिकाका कार्यबाहक प्रमुख एकमया विकले गृहणी महिलाको लागि बाख्रापालन तालिम पनि निर्धनको बचत जस्तै भएको उल्लेख गर्दै घरमा एक–दुई बाख्रा मात्र पालेर व्यावसयिक बन्छु भन्ने सोच त्यागेर साच्चिकै व्यावसायिक बन्नको लागि आग्रह गरिन ।
उनले निर्धनले गृहणी महिलालाई बचत गर्न सिकाउदै उनीहरुलाई आत्मनिर्भर बनाउन लागि जीवन उपयोगि तालिम दिनु र त्यसलाई व्यवहारमा उर्तानको लागि लगानी पनि गरिदिनु पर्ने कुरामा जोड दिईन ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुरका जीतराम गौतमले निर्धनले ३ लाख ५५ हजार ९ सय ४७ घरधुरीका गउहणी महिलालाई बचत गर्न तथा उनीहरुलाई जीवन उपयोगी तालिम दिई व्यावसायी बनाउन मद्दत गरेको जानकारी दिए । उनले करिव २२ अर्व लगानी गरेको निर्धनले १२ अर्व बराबर बचत समेत गरेको बताए ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बाँके परसपुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीको अध्यक्षतामा सुरु भएको सो तालिममा भेटनरी अस्पताल तथा पशु ज्ञान केन्द्रका डा हरीबहादुर पुनलगायतले सहजिकरण गर्ने छन ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     6:04:40 PM  |