राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

११ भाद्र २०७६, बुधबार १७:५९
 

सदरलाइनडटकम,
दाङ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले बुधवार प्रतिष्ठानको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको हो । प्रतिष्ठानमा उत्पन्न सम्पूर्ण समस्याको जड प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीनै भएको निष्कर्षसहित समिति आन्दोलित हुँदै आएको भन्दै संयोजक विकिरण गौतमले उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए ।
‘यसअघि नै हामीले भण्डारीले २४ घण्टाभित्र राजिनामा दिएर मार्गप्रशस्त गर्न प्रतिष्ठानमा ज्ञापन पत्र बुझाएका थियौं । तर, उनले राजिनामा दिनुको साटो तल्लो स्तरका अभिव्यक्ति दिने र हाम्रो आन्दोलनलाई अवहेलना हुने गरी तुच्छ अभिव्यक्ति दिँदै आएका छन् । यसैले बाध्यतावश आन्दोलनलाई चर्काउन बाध्य भएका छौं’, समितिका संयोजक गौतम र सदस्य सचिव सविन प्रियासनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसैक्रममा आज प्रतिष्ठानको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।
यद्यपी प्रतिष्ठानले सञ्चालन गर्दै आएको स्वास्थ्य सेवामा भने हामीले कुनै अवरोध पुर्याएका छैनौं ।’ आफूहरु जिम्मेवाररुपमा प्रस्तुत भइरहँदा प्रतिष्ठानकी उपकुलपति डा. भण्डारी भने निरन्तर गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको भन्दै विज्ञप्तिमा प्रतिष्ठानको गरिमा जोगाउनका लागि सम्पूर्ण जनसमुदायलाई आन्दोलनमा उत्रिन आह्वाहन गरिएको छ ।

Next Post

भदौ १३ देखि ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ हुदै

११ भाद्र २०७६, बुधबार १७:५९
सदरलाइनडटकम, काठमाडौं  : नेपाल क्योकुशिन–कान कराँते संघले आगामी भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले संघले सो प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा भएको भन्दै […]

सम्बन्धित