प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण बारे कोहलपुरमा छलफल सुरु व्यवसायिक सामाजिक उत्तरदायित्व बारे नेपालगञ्जमा नागरिक सम्बाद साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन पूर्वाधार विकासमा जोड दिइने : मुख्यमन्त्री पोखरेल मोटरसाइकल दुर्घटनामा एकको मृत्यु तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न पाँच नम्बर प्रदेशका किसान लक्षित शुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ भारतमा झडप हुँदा सातको मृत्यु प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा नेपालगञ्ज क्यान इन्फोटेकको तयारी तिब्र, टिकटकदेखि पब्जीसम्मका प्रतिश्पर्दा

पर्यटन मन्त्रीको योजनामा परेन नेपालगञ्ज एयरपोर्ट

  
  प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       | 215 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति पूर्णकुमारी सुवेदीले पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको बिषयमा आफुले बुझ्ने बताएकी छन् ।
बुधवार नेपालगञ्जमा पत्रकारहरुको प्रश्नको जबाफ दिने क्रममा सुवेदीले आफु काठमाण्डौ गएपछि नेपालगञ्ज बिमानस्थल किन प्राथमिकतामा नपरेको बारे पर्यटन मन्त्रीसँग कुरा गर्ने विश्वास दिलाइन् । पर्यटन मन्त्रीले केही दिनअघि सार्वजनिक गरेको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थलको स्तरोन्नती र नेपालगञ्ज– दिल्ली उडानका बारेमा केही उल्लेख नभएको भन्दै यहाँका जनतामा निराशा छाएको ।
पूर्व पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीले नेपालगञ्ज बिमानस्थलका बारेमा संसदमै बोलेको स्मरण गराउँदै नेपालगञ्जका पत्रकारहरुले सुवेदीको ध्यानार्कषण गराएका थिए । नेपालगञ्ज बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थल बनाउने कुरा रहेको भन्दै उनले स्वर्गीय रबिन्द्र अधिकारीले यस बिषयमा संसदमै बोलिसकेकोले अहिले किन छुट्यो भन्ने कुरा आफुले बुझ्ने बताइन् ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     5:35:35 PM  |