चोरी पैठारी नियन्त्रण गर्न भन्सारलाई ज्ञापन पत्र

१० भाद्र २०७६, मंगलवार १९:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  खुला सीमाका कारण अबैध चोरी पैठारी हुने माल वस्तु नियन्त्रण गर्न ब्यापारी र ब्यबसायीका संगठनहरुले नेपालगञ्ज भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा साबिकका राप्ती अञ्चल अन्तरगतका उद्योग बाणिज्य संघको टोलीले नेपालगञ्ज उद्योग बाणिज्य संघ र कोहलपुर उद्योग बाणिज्य संघ समेतको सहभागितामा अबैध चोरी पैठारी रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
नेपाल भारत खुल्ला सिमानाका कारण दैनिक उपभोग्य वस्तु एबं अन्य सामानहरु बिभिन्न बहानामा पैठारी हुँदा यस क्षेत्रका ब्यबसायीहरुलाई अत्यन्तै कठिनाई भएको भन्दै चोरी पैठारीलाई तत्काल निरुत्साहित गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
राज्यको मेरुदण्डको रुपमा रहेका उद्योग ब्यापार दिन प्रतिदिन खस्कदै जाँदा राज्यलाई प्राप्त हुने करोडौं राजश्व दैनिक रुपमा गुम्दै गएकाले यसलाई रोक्न नेपालगञ्ज भन्सार कार्यालयले तत्काल कदम चाल्नुपर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले जोड दिए ।
भन्सार नाकाबाट कपडा, खाद्यान्न लगायत अन्य माल सामानहरु अबैध रुपमा हुने चोरी निकासीले एकातिर राज्य, अर्को तर्फ कर तिरेर ब्यबसाय गर्ने ब्यबसायीहरुलाई निकै अप्ठ्यारो भएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।
ज्ञापन पत्र बुझ्दै नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले अबैध चोरी पैठारी नियन्त्रणका लागि ठोस कदम चालिएको जानकारी दिदै अझ प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो पहल गर्ने बताए ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहाुर ओली, सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर ३० नं गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Next Post

आकर्षणको केन्द्र बन्दै थारु संग्रहालय

१० भाद्र २०७६, मंगलवार १९:०६
सदरलाइनडटकम, नेपालगञ्ज : थारु जातिको इतिहास, रहनसहन, भेषभूषा, गरगहना, देवीदेउतालगायतको अध्ययन, अनुसन्धान गर्न दाङको दंगीशरण गाउँपालिका–३, चखौरामा संग्रहालय स्थापना गरिएको छ । दंगीशरण राजा, पाँच प्रगन्नासहित थारु जातिको सम्पूर्ण पौराणिक संस्कृति, रहनसहन, भेषभूषा, परम्परागत रीतिरिवाज झल्किने गरी थारु संग्रहालय स्थापना गरिएको हो । लोप हुन लागेको थारु संस्कृति, संस्कार र […]

सम्बन्धित