डुडुवाद्वारा ‘ग’ र ‘घ’ वर्गलाई सुविधा प्रदान

१० भाद्र २०७६, मंगलवार १८:१९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले अपाङ्गता भएकाहरुको ‘ग’ र ‘घ’ वर्गलाई विशेष सेवा सुविधा वितरण शुरु गरेको छ । सरकारले ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सेवा उपलब्ध गराएपछि अन्यले पनि सेवा सुविधा माग गर्न थालेपछि कार्यपालिकाको बैठकले ‘ग’ वर्गलाई पनि ५०० र ‘घ’ वर्गलाई ४०० मासिकरुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचय पत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत गाउँपालिकाले परिचयपत्र वितरण गरिरहेको हो । गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचय पत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उक्त समितिमा अहिलेसम्म करीब १३० बढीले परिचय पत्रका लागि निवेदन दिएका छन् ।
निबेदनमध्ये चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ११० जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार ‘क’ वर्गका १७ जना, ‘ख’ वर्गका २४ जना, ‘ग’ वर्गका ३२ जना र घ वर्गका ३७ जना रहेका छन् । अहिलेसम्म नेपाल सरकारले ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
‘क’ र ‘ख’ बाहेक ‘ग’ र ‘घ’ श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६/०७७ देखि क्रमशः ५०० र ४०० उपलब्ध गराउन थालेको समितिका संयोजक उपाध्यक्ष साहिदा बानोले बताइन् । मंगलवार एक कार्यक्रमका विच २ जनालाई परिचय पत्र वितरण गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि ‘क’ श्रेणीका अपाङ्गता भएकालाई ३ हजार र ‘ख’ श्रेणीकालाई १ हजार ६०० उपलब्ध गराउने छ ।

Next Post

चोरी पैठारी नियन्त्रण गर्न भन्सारलाई ज्ञापन पत्र

१० भाद्र २०७६, मंगलवार १८:१९
सदरलाइनडटकम, नेपालगञ्ज :  खुला सीमाका कारण अबैध चोरी पैठारी हुने माल वस्तु नियन्त्रण गर्न ब्यापारी र ब्यबसायीका संगठनहरुले नेपालगञ्ज भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा साबिकका राप्ती अञ्चल अन्तरगतका उद्योग बाणिज्य संघको टोलीले नेपालगञ्ज उद्योग बाणिज्य संघ र कोहलपुर उद्योग बाणिज्य संघ समेतको सहभागितामा अबैध […]

सम्बन्धित