आन्दोलित तेईस चिकित्सकको राजिनामा स्वीकृत

८ भाद्र २०७६, आईतवार १८:३५
 

सदरलाइनडटकम,
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २३ वटा डाक्टरहरुलाई सेवाबाट निकालेको छ । गत बिहीवार बेलुका सामुहिक राजिनामा दिएका डाक्टरहरुले आइतवार विहान २४ घण्टे अल्टिमेटम दिदै राजिनामा स्वीकृत गर्न या काममा फर्किने बाताबरण बनाउन ज्ञापन पत्र बुझाएका थिए । तर प्रतिष्ठानले राजिनामा दिएका २३ जना चिकित्सकहरुको राजिनामा स्वीकृत गरेको छ ।
प्रतिष्ठानका लागि सरकारी डाक्टरहरुलाई मन्त्रालयले व्यवस्थापन गर्ने गरी फिर्ता पठाएको छ भने प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरहरुको करार सम्झौता भंग गरेको छ । प्रतिष्ठानको उपकुलपतिको रवैयाबाट जिल्ला देखि केन्द्रसम्मको स्वास्थ्य क्षेत्रमा तरंग मच्चिएको अवस्थामा अब डाक्टर आउने र टिक्ने सम्भावना कम भएकाले जनताले उच्च आसा राखेको प्रतिष्ठान स्वास्थ चौकीमा रुपान्तरण हुन पुगेको छ । यससँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरुको संख्या शुन्यमा पुगेको छ ।
अस्पतालमा आइतवार उपकुलपति आफैले विरामी जाँचेकी छिन् भने निर्देशक सागर पन्थी र डिन बसन्त लामिछाने मात्र प्रतिष्ठानमा छन् । अब दैनिक संयौ विरामी आउने प्रतिष्ठानमा अब कस्ले विरामी जाँच गर्ने भन्ने अन्यौलता आएको छ । उपकुलपति डा. संगीता भण्डारीको दमन सहन नसकेर प्रतिष्ठानमा कार्यरत डाक्टरहरुले राजिनामा दिएका थिए ।
डा. दिनेश उप्रेती, डा. जीतनारायण यादव, डा. ओम अर्याल, डा. अनिल यादव डा ईश्वरी भुषाल, डा. सुरेन्द्र कुँवर, डा. राजन शाक्य, डा. विक्रम बुढाथोकी, डा. कृष्णहरि सुबेदी, डा. रामेश्वर देवकोटा, डा. जेम्स मर्हजन, डा. अमित लाम्गाडे, डा. वर्षा मानन्धर, डा. प्रितम डिसी, डा. अभ्यास पोख्रेल, डा. अनिल खाम, डा. मनोज यादव, डा. गौरव आचार्य, डा. सुवर्ण बुढा, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय र डा. कृष्ण रिजालको राजिनामा दिएका थिए ।

Next Post

नगर बस छिट्टै सञ्चालन हुने मेयर राणाको दाबी

८ भाद्र २०७६, आईतवार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शहरी विकास मन्त्री मो. इस्तियाक राईसँगको निरन्तर सहकार्यबाटनै नेपालगञ्जमा विकासले गति लिएको जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतवार गरेको पत्रकार भेटघाट कार्यक्रममा मेयर डा. धवलशम्शेर राणाले बाँके क्षेत्र नम्बर २ वाट निर्वाचित सांसदसमेत रहेका मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमझदारी नभएको प्रष्ट पारे । […]