होटलमा बास बसेका युवक मृत भेटिए

८ भाद्र २०७६, आईतवार १७:५५
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एकयुवा मृत अवस्थामा फेला परेका छन् । बंगलाचुली गाउँपालिका ८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतवार बिहान मृत अवस्थामा फेला परेका छन् । उनी साथीहरूको साथमा शनिवार राति साढे ९ बजे होटेलमा बास बस्न आएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा घर्ती मृत फेला परेका हुन् ।
भारतको महाराष्ट्रबाट रोजगारी गरी फर्किंदै गरेका घर्तीसहित ६ जना शनिबार होटेलमा बास बस्न आएका थिए । अन्य चारजना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको प्रहरीले बताएको छ । बिहान साढे ५ बजे घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
त्यसैगरी घोराहीमा एक युवामाथि खुकुरी प्रहार भएको छ । शनिवार बेलुका साढे ७ बजे घोराही उपमहानगरपालिका १५ निवासी १८ वर्षीय त्रिशक्ति बर्तौलामाथि स्थानीय दुईजना युवाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । वडा १५ कै ट्राफिक चोक निवासी २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीले सामान्य विवादका कारण खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते बर्तौलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । घाइतेको टाउकोमा चोट रहे पनि अवस्था सामान्य रहेको पनि प्रहरीले बताएको छ । खुकुरी पहार गर्ने दुवैजना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

आन्दोलित तेईस चिकित्सकको राजिनामा स्वीकृत

८ भाद्र २०७६, आईतवार १७:५५
सदरलाइनडटकम, दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २३ वटा डाक्टरहरुलाई सेवाबाट निकालेको छ । गत बिहीवार बेलुका सामुहिक राजिनामा दिएका डाक्टरहरुले आइतवार विहान २४ घण्टे अल्टिमेटम दिदै राजिनामा स्वीकृत गर्न या काममा फर्किने बाताबरण बनाउन ज्ञापन पत्र बुझाएका थिए । तर प्रतिष्ठानले राजिनामा दिएका २३ जना चिकित्सकहरुको राजिनामा स्वीकृत गरेको […]

सम्बन्धित