लामिछानेको रिहाई माग्दै कोहलपुरमा र्याली

७ भाद्र २०७६, शनिबार १७:५९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै बाँकेको कोहलपुरमा नागरिक संघर्ष समितिले र्याली निकालेका छन् । ‘निर्दोष रविलाई रिहा गर, शालिरामको हत्यारलाई खोजी गर’ भन्ने मुल नाराका साथ कोहलपुर स्वतन्त्र नागरिक संघर्ष समितिले शान्तिपूर्ण र्याली निकालेको हो ।
चितवनको एउटा होलटमा झुन्डिएको अवस्थामा मृत फेला परेका पुडाशैनीको घटना अनुसन्धानका लागि पत्रकार रविलाई प्रहरीले प्रक्राउ गरेको छ । पत्रकार रविको रिहाइ माग गर्दै समर्थकले सरकारविरुद्ध नाराबाजीका साथ कोहलपुरमा विरोध र्याली निकालेका छन् । कोहलपुरको न्यूरोडबाट शुरु भएको विरोर्धयाली मुख्य बजार पक्रिमण गरी पुन न्यूरोडमा पुगेर कोड सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै राजेन्द्र श्रेष्ठले सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्नेमा घटनामा संग्लन नभएका पत्रकार रवि लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । कोण सभामा बोल्नेहरुले रविलाई तत्काल रिहाई नगरे कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने जनाएका छन् ।

Next Post

बाघको आक्रमणमा बर्दियामा फेरि एकको मृत्यु

७ भाद्र २०७६, शनिबार १७:५९
सदरलाइनडटकम, बर्दिया : पाटे बाघको आक्रमणबाट आइतवार एकाबिहानै बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । आइतवार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला […]