अनेम संघ बाँकेको तीज विशेष कार्यक्रम

७ भाद्र २०७६, शनिबार १६:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेकपा बाँके निकट अनेम संघ बाँकेले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम शनिबार आयोजना गरेको छ ।
अनेम संघ बाँकेका अध्यक्ष भगवती अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. ५ का सांसद तथा प्रदेश सभामा नेकपाका सचेतक पार्वती पुन ‘उषा’ ले पर्व र संस्कृतिले सौहदर्ता ल्याउने र समाजलाई परिवर्तशिल बनाउने बताईन ।
उनले पछिल्लो समय पर्व र संस्कृतिको नाममा देखिएको तडक भडक प्रति चिन्ता ब्यक्त समेत गर्दै तडक भडक रहित अवस्थामा पर्वलाई पर्वकै रुपमा मनाउन सबैलाई आग्रह समेत गरिन ।
कार्यक्रमका विशिष्ठ अतिथी संविधान सभा सदस्य तथा नेकपाका बाँके ईन्चार्ज दिनेश चन्द्र यादवले समाजलाई परिवर्तनको सन्देश दिदै हरीतालिका तीज पर्व मनाउन आग्रह गरे ।
सो अवसरमा संविधान सभा सदस्य देवराज भार, अन्जना चौधरी, अनेम संघ केन्द्रीय सदस्य शान्ति ढकाल, नेकपा बाँकेका सचिव अशोक कोईराला लगायतले सम्बोधन गरेका थिए ।
औपचारिक कार्यक्रमपछि तीजको दर खुवाईएको थियो भने कार्यक्रममा उपस्थितले नाचगान गरी मनोरञ्जन गरेका थिए ।

Next Post

सरकार फरक दिशामा गईरहेको देउवाको टिप्पणी

७ भाद्र २०७६, शनिबार १६:५६
सदरलाइनडटकम, सुर्खेत : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार पत्रकारसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए । सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे । उपभोक्ता समितिका […]