खजुरामा योगिनी कप फुटबल हुने

  
  प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६       | 37 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा असोज ३ गते प्रतियोगिता हुने भएको हो । आवाज (हिभ) नेपालले सहयोग गर्ने प्रतियोगिता खजुरा गाउपालिका वडा नं. २ मा असोज ७ गतेसम्म चल्ने संयोजक तपेन्द्र थापाले बताए ।
भोजराज शाहीको अध्यक्षतामा बिहीवार भएको पत्रकार सम्मेलनमा लागुपदार्थ दुव्र्यसनमा फसेका युवाहरुलाई खेलको माध्यमले अकर्षित गरेर भबिष्यमा देश विकासमा अग्रसर गराउनुका साथै समाजका कर्णधार बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थापाले जानकारी दिए ।
गौघाटमा हालसम्म स्तरीय फुटबल प्रतियोगिता आयोजना नभएकाले प्रतियोगिता गर्न लागिएको भन्दै आयोजकले उत्कृष्ट खेलाडी उत्पादन गर्नसक्ने क्षेत्र गौघाट भएपनि फुटबलमा पछि परेको बताएको छ । योगिनी फुटबल कपमा जम्मा ८ वटा क्लबलाई सहभागी गराई अन्तर्राष्ट्रिय निकाय फिफाको नियमानुसार प्रतियोगिता सञ्चालन गरिने संयोजक थापाले जानकारी दिए ।
अनुमानित ३ लाख ५० हजार बजेटमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने क्ल्बले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगदसहित ट्र«फि प्राप्त गर्नेछन् भने विधागतरूपमा उत्कृष्ट गोलकीपर, फरवाड, मिड फिल्डर, डिफेन्स र प्रशिक्षकसमेतले पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     6:59:06 PM  |