वालिका बलात्कार आरोपमा दमाई सार्वजनिक

५ भाद्र २०७६, बिहीबार १५:४७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर प्रहरीले बलात्कार मुद्दाका फरार आरोपीलाई सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीवार पत्रकार सम्मेलन गरी ६ वर्षीया बालिका बलात्कारमा संलग्न रहेको भनिएका गोबिन्द दमाईलाई सार्वजनिक गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ११ शान्तीनगर बस्ने ३८ वर्षिय दमाई गत असार २१ गते सोही ठाँउकी ६ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । पिडित पक्षले असार २४ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा दमाईको नाममा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले भाद्र ४ गते दमाईलाई बैजनाथ गाउँपालिका वडा नं. १ गाभरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
पक्राउ परेका दामाई विगतमा समेत विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहदैं आएकाले अदालतबाट म्याद थप गरी अनुन्धान प्रक्रिया अगाडी बढाईने सिंहले सिंहका अनुसार प्रहरीले दमाईसँगै बलात्कार घटना मिलाउन सक्रिय अन्य ८ जनतालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकाशं बलात्कार आरोपीका नातेदार भएको खुल्न आएको छ ।

Next Post

विद्यार्थी संगठनद्वारा क्याम्पसमा शैक्षिक सुधारको माग

५ भाद्र २०७६, बिहीबार १५:४७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएका छन् । चार विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर आफ्ना माग पूरा नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । संयुक्त विज्ञप्तिमार्फत् विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डरअनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न […]