ट्रकले किच्दा बाँकेमा आधा दर्जन भेडा मरे

३ भाद्र २०७६, मंगलवार १८:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ट्रकले किच्दा बाँकेमा आधा दर्जनभन्दा बढी भेडा मरेका छन् । नेपालगञ्ज कोहलपुर सडकखण्डअन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जनभन्दा बढि भेडा मारिएका छन् ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई मंगलवार मध्यान्ह १२ बजे ठक्कर दिँदा उनीहरु मारिएका हुन् । ट्रकको ठक्करबाट छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए ।
जानकी गाउँपालिका वडा नं. ६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ ।

Next Post

नेपालगञ्जको दुई वडामा स्वास्थ्य केन्द्र थप

३ भाद्र २०७६, मंगलवार १८:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । मंगलवार केन्द्रको उद्घाटन गर्दै वडाध्यक्ष जुम्मन खाँले हरेक वडाबासीको स्वास्थ्य सेवाप्रति वडा कार्यालय सँधै सचेत रहेको बताए । स्वास्थ्य सबैभन्दा पहिलो आवश्यकता हो, वडा अध्यक्ष खाँले भने,– स्वास्थ्य केन्द्रका लागि वडा कार्यालयले सधै […]

सम्बन्धित