नेपालगञ्जमा गाई संरक्षणका लागि बैंक खाता

२ भाद्र २०७६, सोमबार १८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपालगञ्ज उपमहानगरले नगरमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि कोष जम्मा गर्न बैंक खाता संचालनमा ल्याएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले सो प्रयोजनका लागि राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ संचालनमा ल्याइएको जानकारी दिए ।
गाई संरक्षण अभियानको नाममा उप–महानगरपालिकाले संचालन गरेको खातामा गाई लगायत छाडा छोडिएका पशुको ब्यवस्थापन र संरक्षणका लागि सहयोग रकम जम्मा गर्न सकिने उनले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाको अग्रसरतामा गाई लगायतका छाडा पशुको संरक्षणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा अध्यक्षतामा ब्यवस्थापन समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहेका छन् ।
नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारी पवन कनौजिया समितिको सदस्य सचिव तोकेर काम सुरु गरेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सदस्य रहेको अनूगमन समिति रहेको छ ।
समितिका अध्यक्ष समेत रहेका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायको ब्यवस्थापन र संरक्षणका लागि सहयोग गर्न सहयोगीहरुलाई बैंक खातामा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् । खातामा जम्मा भएको रकम समितिले परिचालन गर्नेछ ।

Next Post

छाडा पशुबारे भारतीय पक्षसँग छलफल गरिने

२ भाद्र २०७६, सोमबार १८:५४
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेको चौथो जिल्लासभा छाडा पशु चौपायको नियन्त्रण र ब्यवस्थापनका विषयमा केन्द्रित भएको छ । समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा जिल्लासभा भएको हो । जिल्ला सभाले जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गरि भारतबाट आउने पशु ब्यवस्थापनका लागि भारतीय पक्षसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य […]