बिद्यालय सुधारका लागि जानकीमा छलफल

१ भाद्र २०७६, आईतवार १८:३४
 

सदरलाइनडटकम,
जानकी (बाँके) : जानकी गाउँपालिका–४ खजुराखुद्र्धस्थित जानकी माध्यमिक विद्यालयको समग्र व्यवस्थापन पक्ष सुधारका लागि पहल शुरु भएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आईतवार विद्यालयमा सरोकारवालाबीच सर्वपक्षीय छलफल गरिएको छ ।
छलफलमा जानकी गाउँपालिकाकै पुरानो विद्यालयका रुपमा रहेको जानकी माविको सुधारका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिईएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले गाउँपालिकाले चाहेर मात्रै शिक्षामा सुधार नआउने भएकोले सरोकारवाला सबैपक्ष जागरुक हुनुपर्ने कुरामा जोड दिँदै गाउँपालिकाले जानकी माविको सुधारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाइन् ।
वडा नं. ४ का अध्यक्ष विश्रामकुमार वर्माले जानकी माविको वारेमा आफु जानकार रहेको उल्लेख गर्दै सुधारका लागि आफु गाउँपालिकामा निरन्तर पहल गरिरहेको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलबिक्रम रानाले अभिभावकमा शैक्षिक चेतनाको अभावका कारण बालबालिकालाई विद्यालय पठाउन आनाकानी गर्ने गरेको जानकारी दिए । उनले विद्यालयको भौतिक संरचना निर्माणमा सहयोगका लागि आग्रहसमेत गरे । जानकी माविमा अहिले चारसय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा नियमित नआउने, खाजाखाने समयमा घर गएर नफर्कने लगायतका समस्या रहेका छन् । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पदम धिताल, शिक्षा शाखाका स्रोत व्यक्ति मुनिर खाँलगायतले बोलेका थिए ।

Next Post

नेपालगञ्जमा गाई संरक्षणका लागि बैंक खाता

१ भाद्र २०७६, आईतवार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्ज उपमहानगरले नगरमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि कोष जम्मा गर्न बैंक खाता संचालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले सो प्रयोजनका लागि राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ संचालनमा ल्याइएको जानकारी दिए । गाई संरक्षण अभियानको नाममा उप–महानगरपालिकाले […]