बलात्कार आरोपमा कञ्चनपुरबाट दुई पक्राउ

१ भाद्र २०७६, आईतवार १६:३४
 

सदरलाइनडटकम,
कैलाली : कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परेको परिवारले आरोप लगाएको छ । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रवार राति बलात्कृत भएको परिवारले आरोप लगाएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो ।
अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए । इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भने अनभिज्ञ छ ।
उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ । कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको १ वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।

Next Post

छात्रमा दीपज्योती र छात्रामा जनज्योतीलाई उपाधि

१ भाद्र २०७६, आईतवार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालन गरिएको क्वीक्स कप अन्तरविद्यालय छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि दीपज्योती मावि, चिसापानी र जनज्योती पब्लिक हाइस्कूल कोहलपुरले हात पारेको छ । नेपालगञ्ज रंगशालामा भएको फाइनलमा खेलमा छात्रतर्फ दीपज्योती र छात्रातर्फ जनज्योतीले बाजी मारेका हुन् । जनज्योतीले अमर मावि, गौतमबस्तीलाई ६–० गोलले पराजित गर्यो । जनज्योतीको उपाधि […]

सम्बन्धित