पुस्तक व्यवसायी संघ बाँकेद्वारा रक्तदान

  
  प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६       | 44 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले शनिवार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको केन्द्रकी स्टाफ नर्स गुञ्ज कनोजियाले जानकारी दिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीले संघले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताए ।
‘रगत अभावले कुनै पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, रगत दान गर्ने संस्कारलाई बढवा दिन हामीले संस्थागत रुपमा रक्तदान कार्यक्रम राखेका हौं,’ अध्यक्ष सुवेदी भने । क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समय संघसंस्थाहरुले बाक्लै मात्रामा रक्तदान कार्यक्रम गरिरहँदा रगत अभाव नभएको बताए ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     2:58:43 PM  |