जनज्योती र अमर मावि फाइनलमा

३२ श्रावण २०७६, शनिबार १३:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज रंगशालामा आयोजना गरेको क्वीक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा गोलको वर्षा भएको छ । जनज्योती पब्लिक हाइस्कूल, कोहलपुर र अमर मावि, गौतमबस्ती फाइनलमा पुगेको खेलमा गोलको वर्षा भएको हो ।
दुई खेलमा तीन जना खेलाडीले ह्याट्रिक गरेका छन् भने १५ गोल भएको छ । दुवै खेल एकतर्फी भएका थिए । पहिलो खेलमा रोजी सुवेदीको ह्याट्रिकसहित जनज्योतीले दीपज्योती विद्या निकेतनलाई ५–० गोलले पाखा लगायो । रोजीले २६, ३९ र ४२ मिनेटमा गोल गरिन् । अञ्जली चौधरीले ६ र २२ मिनेटमा गोल गरेकी थिइन् । अर्को खेलमा अमर माविले भेरी विद्या मन्दिरलाई १०–० गोलले पराजित गर्यो ।
अमर माविबाट सरला विक र गंगा सुनारले ह्याट्रिक गरे । गंगाले १२, २६ र ५० मिनेट तथा सरलाले २१, २४ र ३० मिनेटमा गोल गरिन् । मनिषा सुनारले २७ र ३३ मिनेट, निर्मला विकले ३६ र बन्दना सुनारले ३५ मिनेटमा गोल थपेका थिए । एकतर्फी भएको खेलमा भेरी विद्यालयले सेन्टर कटाउन धौधौ भएको थियो ।
क्वीक्स कप छात्रामा ८ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगिताको छात्र र छात्रा दुवैको फाइनल आइतवार नेपालगञ्ज रंगशालामा हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । छात्रतर्फ दीपज्योती विद्याश्रम र दीपज्योती मावि, चिसापानी पुगेको प्रशिक्षक सानु तामाङले बताए । छात्रतर्फ ३२ वटा विद्यालयले भाग लिएका थिए ।

Next Post

दाङमा आगलागी हुँदा ६५ लाखको क्षति

३२ श्रावण २०७६, शनिबार १३:५५
सदरलाइनडटकम, दाङ : दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करीब ६५ लाख रुपैयाँको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रवार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको […]