डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने

  
  प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६       | 45 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् ।
गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा नंं. ३ ले १४ दशमलव २ बलमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको छ । यसैगरि दोस्रो खेलमा वडा नंं ४ अलआउट भएपछि वडा नंं. ५ विजयी भएको छ । प्रतियोगितामा १ देखि ६ वटा वडा कार्यालय गरि ६ वटा समुहको सहभागिता रहेको छ ।
गत साउन २८ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल भदौ २ गते हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद र दोस्रो हुनेलाई ३० हजार नगद प्रदान गरिने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार ग्रामीणस्तरमा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आुयोजना गरिएको हो । प्रतियोगितामा वडा नं. ६ ले हालसम्म राम्रो प्रदर्शन गर्दै आएकोले आफ्नो वडा विजयी हुने वडाध्यक्ष मोहनराम मिश्रले दाबी गरे ।

प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     6:42:22 PM  |