बागेश्वरी मन्दिर परिसरमा निर्माण रोक्न आदेश

  
  प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६       | 33 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा निर्माण हुन लागेको व्यापारिक प्रतिष्ठान रोक्का गर्न संघीय सरकारको शहरी विकास मन्त्रालयले आदेश गरेको छ ।
व्यापारिक प्रतिष्ठान निर्माणले करीब दुईसय वर्ष पुरानो मन्दिर तथा वरिपरि रहेका अन्य विभिन्न देबीदेउताको मन्दिरलाई क्षति पुग्नसक्ने भन्दै मन्त्रालयले बिहीवार यस्तो आदेश गरेको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३, सम्पदा संरक्षण ऐन तथा नगर विकास समिति नेपालगञ्जको कार्ययोजना विपरीत कार्य भईरहेको ठहर गर्दै उक्त निर्माण रोक्न शहरी विकास मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ ।
साथै जिल्ला प्रशासन कार्यालय बाँके, संघीय आयोजना कार्यान्वयन इकाई बाँके, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति नेपालगञ्जलाई बोधार्थ जारी गर्दै मन्त्रालयले उक्त कार्य तत्काल रोक्न आदेश दिएको हो ।

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     7:42:53 PM  |