गाइको संरक्षण गर्न नेपालगञ्जमा समिति गठन

२८ श्रावण २०७६, मंगलवार १७:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नगरमा छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि नेपालगञ्जमा समिति गठन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मंगलवार भएको सर्बपक्षीय बैठकले ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा अध्यक्ष रहेको समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहेका छन् । उपमहानगरपालिकाका कर्मचारी पवन कनौजियालाई समितिको सदस्य सचिव तोकिएको छ । बैठकले उपमेयर उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सदस्य रहेको अनुगमन समितिसमेत गठन गरेको छ ।
नेपालगञ्जमा छाडा पशु चौपाय विकराल समस्याको रुपमा रहेको भन्दै मेयर राणाले अल्पकालीनसँगै दीर्घकालीन समाधानको खोजी भईरहेको बताए । गाई संरक्षणका लागि अधिकांशले सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै मेयर राणाले कोष सञ्चालन भएपछि संरक्षणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सहभागीले जनावरको दर्ता प्रक्रिया (ट्यागिङ)को ब्यवस्थापन गर्न सुझाव दिए ।
नेपालगञ्जमा हाल निर्माणाधिन गौशाला नभई काञ्जिहाउस भएको बताउँदै उपमेयर थापाले गौशालाका लागि नेपालगञ्जमा स्थान अभाव रहेको स्पष्ट पारिन् । छाडा पशु चौपायको ब्यवस्थापनमा सबै पक्षबीच हातेमालो हुन अवश्यक रहेको उनले बताइन् ।
बैठकमा नेकपाका नगर अध्यक्ष डिल्ली बराल(अमिर), नेपाली काँग्रेसका नगर सभापति प्रशान्त विष्ट, राप्रपाका मनोज श्रेष्ठ, अभियन्ता डा. विनोद कर्ण, विवेक श्रेष्ठ, समिरमान श्रेष्ठ, श्याम शाक्य, हरि सुवेदीलगायतले सुझाव दिएका थिए । काञ्जिहाउसमा रहेका जनावर मध्ये साढे, गाई, घोडा, बाच्छा–बाच्छी लगायतलाई पार्टेशन गरि अलग–अलग राख्ने, टिनका टहरा थप गर्नेलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।

Next Post

डडेल्धुरामा आत्महत्या गर्नेको संख्यामा बृद्धि

२८ श्रावण २०७६, मंगलवार १७:५४
सदरलाइनडटकम, डडेल्धुरा : आत्महत्या गर्नेहरुको संख्या डडेल्धुरामा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७५ साउन महिनादेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुराका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ३१ छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा झुण्डिएर […]