विद्यालयमा ‘स्यानेटरी प्याड’को एटिएम

२८ श्रावण २०७६, मंगलवार १६:५१
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले विद्यालय र स्वास्थ्य चौकीमा स्यानेटरी प्याडसहितको एटिएम मेशिन जडानको कार्य प्रारम्भ गरेको छ । नगरपालिका क्षेत्रमा रहेका २४ वटा सामुदायिक विद्यालय र नौवटा स्वास्थ्य संस्थामा गरी ३३ स्थानमा स्यानेटरी प्याडसहितको एटिएम जडान गर्ने कार्य शुरु गरिएका हो ।
एटिम सेवाको भुवनेश्वरी माध्यमिक विद्यालय सिसैयामा मंगलवार उद्घाटना गर्दै मेयकर अशोककुमार चन्दले रजस्वला हुँदा छात्रा विद्यालय आउने क्रम निकै कम रहेको बताए । स्वास्थ्य चौकीमा समेत सेवाग्राही महिलालाई लक्षित गरी मेशिन जडान गरिएको उनको भनाई रहेको छ । विद्यालय र स्वास्थ्य चौकीमा यति धेरै स्यानेटरी प्याड सहितको मेशिन जडान गर्ने नगरपालिका मध्ये बेदकोट नगरपालिका देशमै पहिलो हो ।
विद्यालय र स्वास्थ्य चौकीसँगै नगरपालिका कार्यालयमा समेत स्यानेटरी प्याडसहतिको एटिम मेशिन जडान गरिएको छ । स्यानेटरी प्याडसहितको एटिएम मेशिनका लागि नगरपालिकाले २५ लाख तीनहजार ७४४ रकम खर्च गरेको छ । स्यानेटरी प्याडसहितको एटिएम मेशिनबाट प्याड निःशुल्करुपमा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

Next Post

लोकसेवा आयोगको मुकाम ‘बुटवल’ तोकियो

२८ श्रावण २०७६, मंगलवार १६:५१
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ को लोकसेवा आयोगको मुकाम बुटवलमा रहने भएको छ । प्रदेश मन्त्रिपरिषद मंगलवार बसेको बैठकले लोकसेवा आयोगको मुकाम बुटवललाई तोकेको हो । प्रदेश ५ को स्थायी राजधानी हालसम्म तोकिएको छैन । दाङ वा बुटवल रहने भन्ने अहिले पनि विवाद छ । तर प्रदेश सरकारले लोकसेवा आयोगको […]

सम्बन्धित