युवा क्लबद्वारा नेपालगञ्जमा पानी बितरण

  
  प्रकाशित मितिः सोमवार, साउन २७, २०७६       | 32 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरुको पर्व बकरईदका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ मा रहेको युवा क्लबले पानी बितरण गरेको छ । विपी चोकमा अन्तर्राष्टिय युवा दिवस २०१९ र बकरइदको अवसरमा मुस्लिम समुदायलाई लक्षित गरेर क्लबले पानी बितरण गरेको हो ।
चोकमा रहेको ईदगाहमा मुस्लिम समुदायका हजारौ मानिसहरु सामूहिक नमाज पढ्न उपस्थित भएका थिए । क्लबका अध्यक्ष बिशाल कश्यपले सामाजिक सेवा हेतु पानी बितरण गरिएको प्रतिक्रिया दिए । समाज सेवामा युवाहरुको भुमिका रहने हुँदा सामाजिक कार्यअन्तर्गत क्लबका सम्पूर्ण सदस्यहरुको सामुहिक सहयोगमा सो कार्यक्रम गरिएको जानकारी दिए ।
क्लबका सदस्य मो. निहाल अख्तरले बिभिन्न व्यक्तिहरुसंग समन्वय सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताए । सामुहिक नमाज पढ्न बिपी चोकमा शहरी बिकास मन्त्री मो.इस्तियाक राई, जिल्लास्थिति बिभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     6:56:09 PM  |