युवा दिवसमा तीनजना सम्मानित

  
  प्रकाशित मितिः सोमवार, साउन २७, २०७६       | 21 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरका ३ युवा सम्मानित भएका छन । नगरस्तरीय युवा संजाल कोहलपुरले कोहलपुर क्षेत्रका ३ जना अब्बल युवालाई सम्मान गरेको हो ।
पश्चिम नेपालकै सफल होटल ब्यवसायी देवानन्द अर्याल, साहित्यकार सुमित्रा न्यौपाने र सफल उद्यमी मधु खड्कालाई सम्मान गरिएको नगरस्तरीय युवा संजाल कोहलपुरका उपाध्यक्ष टोपराज जैशीले जानकारी दिए । उनीहरुलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरीएको जैशीले बताए । कोहलपुर नगरपालिकाको सभा हलमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले सम्मृद्ध नेपाल निर्माणको जिम्मेवारी युवाहरुको काँधमा आएको बताए ।
उनले जस्तो सुकै कठिन परिस्थितीसँग जुध्ने सामथ्र्य युवा शक्तिमा हुनुपर्ने भन्दै आफ्नो क्षेत्रको विकासकालागि सक्दो योगदान दिन समेत युवाहरुलाई आग्रह गरेका थिए । सम्मान कार्यक्रम अघि ‘शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवद्र्धन’ भन्ने मुख्य नाराका साथ प्रभातफेरी निकालिएको थियो ।
कोहलपुर चौराहदेखि साझा चोकहुँदै कोहलपुर नगरपालिका हलमा पुगेर टुङ्गीएको प्रभातफेरीमा कोहलपुर नगरपालीकाका प्रमुख लुटबहादुर रावत, उपप्रमुख सन्जु चौधरी, विभिन्न राजनितिक दलका प्रतिनिधि, जननिर्वा्चित पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका युवा(युवतीहरुको सहभागीता रहेको थियो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा नगरस्तरिय युवा संजाल कोहलपुरको आयोजनामा उक्त प्रभातफेरी तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     5:37:21 PM  |