साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको भिड

२७ श्रावण २०७६, सोमबार ११:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  साउनको अन्तिम सोमबार नेपालगञ्जको जुँगे महादेबमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड रहेको छ । हिन्दू समुदायले साउन महिनलाई विषेश महत्वको रुपमा लिदै शिवको आराधना गर्ने चलन रही आएको कारण आजको दिन विषेश भएको हो ।
साउन महिनाको सोमबार ब्रत (उपबास) बसेर बोल बमको कावारियाँले नजिकको जलासयबाट जल ल्याई महादेवको पुजा अर्चना गरेमा पुण्य पाईने जनविश्वासको आधारमा विश्वमै नेपालगन्जमा मात्र रहेको जुँगे महादेवको पुजा अर्चाना गरिएको हो ।
साउनको अन्तिम सोमबार नेपालगन्जदेखि करिव ८ किलोमिटर पूर्वमा रहेको राप्ती नदीसम्म पैदलै हिडेर स्नान गरी त्यहाबाट ल्याईएको जलले जुँगे महादेवको पुजा गर्ने चलन रहेको छ ।
साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गरिदै छ ।
हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एकमहिने व्रत समापन गर्दछन् ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा विहानै देखि पुजा गर्नेको घुईचो लागेको छ । यसका साथै पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनाको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेका भक्तजनले आज व्रत समाप्त गर्दछन् ।

Next Post

२७ श्रावण २०७६, सोमबार ११:४८