हराइरहेका विश्वकर्मा राप्तीमा मृत भेटिए

  
  प्रकाशित मितिः आइतवार, साउन २६, २०७६       | 78 Views   ||

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित राप्ती नदीमा शनिवार देखि हराइरहेका एकजना मृत भेटिएका छन् । राप्ती सोनारी १ खोकरीका ४४ बर्षका टोप बहादुर बिश्वकर्मा शनिवार साँझ साढे पाँच बजे मकैबाली हेर्न भनी बारीमा गएका आइतवार सुनखरी राप्ती नदी सुनखरियामा मृत भेटिएको ईलाका प्रहरी कुसुमका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरले बताए ।
मृत बिश्वकर्मा हराएको सुचना पाएलगत्तै खोजतलाशमा नेपाल प्रहरी ,नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित भएको थियो । उनलाई आइतवार दिउँसो मात्र नदीमा डुबेको अवस्थामा फेला पारिएको ऐरले बताए ।
डुबेर ज्यान गएको हो या अरु केहिबाट त्यो पोस्टमार्तम पछि मात्र थाहा हुने ऐरले बताए । बिश्वकर्माको शवलाई पोष्टमार्टमका लागि नेपालगञ्ज पठाइए उनले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, साउन २६, २०७६     7:30:04 PM  |