जम्मुमा धारा १४४ हट्यो, अवस्था सामान्य बन्दै

२५ श्रावण २०७६, शनिबार १४:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मु जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिवार धारा १४४ हटाइएको छ । धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिको संख्यामा भेला हुन प्रतिबन्ध लाग्दछ । जम्मूमा गत अगष्टमा ५ धारा १४४ लगाइएको थियो । त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ ।
अब सबै गतिविधि सामान्य हुन थालेपनि प्रशासनको तर्फबाट सतर्कता अपनाइएको छ । तर इन्टरनेट सेवा भने अझै पनि बन्द छ । जम्मूमा बकर ईदको तयारीलाई लिएर शनिवार पसल, बजार, स्कुल र कजेल खुलेको हो । मानिसहरुले यो पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सकून् भनेर सुरक्षा संयन्त्र कडा बनाइएको छ । जम्मू जिल्ला उपायुक्त सुषमा चौहानका अनुसार अवस्था सामान्य भएर ने धारा १४४ हटाइएको हो ।
शनिवार जम्मूको अवस्था सामान्य भैसकेपछि बिहान छात्रछात्राहरु स्कुल र कलेज गैरहेका देखिन्थे । त्यस्तै सडकमा सवारी साधन पनि गुडेको देख्न सकिन्थ्यो । प्रहरीका अनुसार शुक्रबार कैयौँ संवेदनशील इलाकामा प्रतिबन्ध लगाइएको थियो । धार्मिक स्थलहरुमा सुरक्षा सयन्त्र थप चनाखो पारिएको छ ।
प्रतिबन्ध लागू भएसँगै बकर ईद पर्वको अवसरमा बजार प्रभावित भएको थियो तर शनिबार धारा १४४ लाई हटाइएपछि बजार सामान्य बनेको छ । कश्मीरमा भने क्फ्यू जारी छ, त्यस्तै इन्टरनेट सेवा पनि ठप्प छ ।
(एजेन्सी)

Next Post

आजदेखि देशैभर वर्षा हुने, सतर्क रहन आग्रह

२५ श्रावण २०७६, शनिबार १४:४१
सदरलाइनडटकम, काठमाण्डौ : शनिवारदेखि देशका अधिकाँश स्थानहरुमा मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक तथा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । […]