खुल्ला वक्तृत्वकलामा स्नेहा प्रथम

  
  प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६       | 30 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा स्नेहा शर्मा प्रथम भएकी छन् । युवा दिवस मनाउने क्रमको पहिलो कार्यक्रमका रुपमा आयोजना गरिएको शैक्षिक रुपान्तरण बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ८ जना प्रतिद्धन्द्धीलाई पछि पार्दै शर्माले प्रथम भईन् ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाको समन्वयमा बागेश्वरी असल शासन क्लब, जिल्ला युवा क्लब संजाल बाँके र गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको संयुक्त आयोजनामा भएको प्रतियोगितामा रबिन्द्र बोहरा द्धितीय र अंकित श्रीवास्तव तृतीय स्थान प्राप्त गरे ।
संघीय कार्यालयको तर्फबाट कृष्णबहादुर रोकाया, राईजिङ्ग आइडल्सका अध्यक्ष बिनोद शर्मा र जिल्ला युवा क्लब संजाल बाँकेका सचिव शिवकुमार बर्माले निर्णायकको भुमिका निर्वाह गरेको युवा दिवस तयारी समिति बाँकेका संयोजक राजन बर्माले जानकारी दिए । ९ जनाको सहभागिता रहेको प्रतियोगितामा बिजयी उम्मेदवारलाई यही २७ गते हुने अन्तरक्रियामा पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     7:04:22 PM  |