बर्दियामा बायोस्याण्ड पानी फिल्टर बितरण

  
  प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६       | 71 Views   ||

सदरलाइनडटकम,
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ५ मा सहुलियत दरमा पानी फिल्टर बितरण गरिएको छ । गेरुवा ग्रामीण जागरण संघ र टिडिएच फाउण्डेशन स्वीजरल्याण्डसंगको साझेदारीमा सञ्चालित सफा पानी परियोजनाअन्तर्गत बारबर्दिया ५ मा सहुलियत दरमा फिल्टर बितरण गरिएको हो ।
बितरण कार्यक्रममा बोल्दै ५ नं. वडाका अध्यक्ष एव कार्यक्रमका सभापति मनिराम थारुले संघसंस्थाले यहाँका जनता निरोगी रहनु भन्नका लागि सहयोग गरेको बताए । त्यस्तै गेरुवाका उपाध्यक्ष साबित्रा गौतमले स्वास्थ्यनै धन भएकाले ब्यक्ति स्वस्थ रहे मात्र दैनिक जीवनका हरेक क्रियाकलाप गर्नसक्ने बताइन् । उनले पानीजन्य रोगवाट सुरक्षित रहनका लागि वायोस्याण्ड फिल्टर सधै र सुरक्षित तरिकाले प्रयोग गर्ने र सुरक्षित पानी पिउन सवैलाई सुझाव दिइन् ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर सचिव सुदिन चौधरी, कार्यपालिका रिता थारु, स्वास्थ्य स्वयम् सेविका कल्पना चौधरीलगायतको उपस्थिति थियो । कार्यक्रममार्फत छनौट गरिएका ३० जना आमाहरुलाई फिल्टर वितरण गरिएको परियोजनाका कार्यक्रम संयोजक बिद्यायक केसीले जानकारी दिए ।
सफा पानी परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिका बाहेक ७ वटा स्थानीय तहका ३० वटा स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाई, महिनावारी व्यवस्थापनसहितको शौचालय निर्माण र त्यस वरपरको समूदायमा पानी शुद्धिकरण तथा साबुन पानीले हात धुनैपर्ने जोखिमपूर्ण अबस्था बारे जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     6:49:16 PM  |