नेपालगन्जको गुरुद्वारा अगाडिका फर्निचर पसलमा भिषण आगलागी

२४ श्रावण २०७६, शुक्रबार ०९:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको गुरुद्वारा अगाडि रहेको फर्निचर पसलमा बिहिबार राती भिषण आगलागी भएको छ । सो आगलागीमा परेर १२ वटा फर्निचर पसलसहित १३ वटा पसल नष्ट भएका छन् ।
नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका लस्करै फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो ।
बिहीबार राती सवा ११ बजेतिर हाजी लड्डन गुड्डुले सञ्चालन गरेको न्यू एवान फर्निचर पसलबाट सुरु भएको आगोले आसपासमा रहेका अन्य १२ वटा फनिर्चर पसल र १ डेन्टल ल्याव जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
उनले आगलागीमा परेर कुनै मानविय क्षति भएपनि करिव ३ करोडको धनमाल नष्ट भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताए । उनले दमकलका लागि पानी भर्ने स्टेशन नजिक नभएको कारण आगो नियन्त्रणमा लिन समय लागेको बताए ।
सो आगलागी नियन्त्रणमा लिनको लागि नेपालगन्ज, कोहलपुर, नेपालगन्ज विमानस्थल, र बर्दियाको गुलरिया नगरपालिकाको दमदमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो ।

Next Post

समग्र नरैनापुरको विकासको लागि समर्पित छुु : अध्यक्ष शाह

२४ श्रावण २०७६, शुक्रबार ०९:४४
मोहम्मद ईस्तियाक अहमद शाह, नरैनापुर गाउपालिकाका अध्यक्ष हुन । उनलाई स्थानीयबासीले सम्भु मियाँ उपनामले पनि चिन्ने गरेका छन् । उनीसंग नरैनापुर गाउपालिकाको विकास निर्माण र हालको अवस्थाको बारेमा केन्द्रीत रहदै सदरलाइन डट कमका लागि रुद्र सुवेदी र सिता खड्काले गरेको कुराकानीको सम्पादीत अंश ।  अहिले तपाइको स्थानीय तहले कसरी काम […]