सुविसुको कार्यालयमा भीषण आगलागी

  
  प्रकाशित मितिः बुधबार, साउन २२, २०७६       | 23 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा बुधवार भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसुको कार्यालयमा आगलागी भएको जानकारी दिए । उनका अनुसार कार्यालय परिसरमा राखिएको पेट्रोलबाट आगो फैलिएको हो । आगलागीबाट मानवीय क्षति नभएपछि सुविसुको नेटवर्क देशैभर ठप्प भएको छ ।
भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा करिब ४० कर्मचारी कार्यरत थिए । यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन् । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगेका थिए। करिब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आयो ।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     5:08:16 PM  |