भारतकी चर्चित डिजे कट्याल होटल स्नेहामा आउदै

  
  प्रकाशित मितिः शनिबार, साउन १८, २०७६       | 101 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज    : नेपालगञ्जको होटल स्नेहा क्लार्क ईनले आगामी साउन २४ गतेका लागि भारतकी चर्चित डिजे सोनाली कट्यालको उपस्थितिमा ‘साउण्ड अनर पुलसाईड’ हुने जनाएको छ ।
होटलका तर्फबाट डिपुटी म्यानेजर तुरबोन घोषद्वारा जारी गरेको प्रेस विज्ञप्तीमा होटलले आफ्ना पाहुना एवं शुभेच्छुकको मनोरञ्जनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकार सहितको बिशेष इभेन्ट आयोजना गर्दै आएको छ । बिशेष गरी युवा पुस्तालाई लक्षित गरी यस पटक यही साउन २४ गते भारतीय डिजे कट्याल नेपालगन्ज आउने भएकी हुन । उनी भारतीय टिभि च्यानल एमटिभिको कार्यक्रम प्रस्तोता हुन ।
युवा पुस्ता माझ निकै रुचाइएकी डिजे कट्याल पहिलो पटक नेपालगञ्जमा आउन लागेकी हुन उनको प्रस्तुतीको लागि प्रवेश शुल्क पाँचसय तोकिएको होटलले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     6:43:47 PM  |