क्रिकेट टोलीलाई वडाध्यक्ष मिश्रद्वारा तलब प्रदान

  
  प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६       | 61 Views   ||

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले युवा क्रिकेट टोलीलाई आफ्नो एक महिनाको तलब प्रदान गरेका छन् । साउन महिनाभित्रै सञ्चालन हुने डुडुवा गाउँपालिका टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीका लागि वडाध्यक्ष मिश्रले २० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
ब्याट, प्याड, बललगायतका क्रिकेट सामग्री खरीदका लागि उनले टीमका कप्तान शिवम सिँह चौहान र उपकप्तान हंसराज सिँहलाई शुक्रवार आफ्नो एक महिनाको तलब प्रदान गरेको वडा कार्यालयका सचिव शिवकुमार मौर्यले बताए ।
६ वटै वडाको सहभागिता रहने उक्त प्रतियोगिताको उपाधि हासिल गर्न वडा कार्यालय पूर्ण तयारीका साथ लागेको वडाध्यक्ष मिश्रको भनाई छ । यस्तै प्रतियोगिताको तयारीमा जुटेको युवा क्रिकेट टोलीलाई वडासदस्य तीर्थराम बर्माले पनि आफ्नो एक महिनाको तलब प्रदान गरेका छन् । टीमलाई अभ्यास गर्न सहजता पुगोस् भन्ने उद्देश्यले क्याप र नास्ताको लागि ७ हजार रुपैयाँ प्रदान गरेको वडासदस्य बर्माले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     5:54:48 PM  |