डुडुवा ६ द्वारा सामाजिक सुरक्षा भत्ता वितरण शुरु

१६ श्रावण २०७६, बिहीबार १६:३१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाले कार्यालयबाटनै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । बृद्धबृद्धाहरुले बैंक जान नसक्ने बताएपछि वडा नं. ६ ले कार्यालयबाटनै भत्ता वितरणको व्यवस्था मिलाएको हो ।
उक्त वडामा जम्मा ४६१ जनालाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म २६२ जनाले बुझिसकेको वडाध्यक्ष मोहनराम मिश्रले बताए । सामाजिक सुरक्षा भत्ताको सुविधा लिनेहरुको बैंकमा खाता खोली सोहीमार्फत् सेवा उपलब्ध गराउँदै आइएपनि बृद्धबृद्धाहरुको आग्रहमा वडा कार्यालयबाट वितरण गरिएको वडाध्यक्ष मिश्रले जानकारी दिए ।
भत्ता बुझ्न आएका अधिकांश बृद्धबृद्धाले बैंकसम्म एक्लै जान नसक्ने भन्दै कुनै व्यक्तिलाई सँगै लिएर जानुपर्दा उसलाई पनि रकम दिनुपर्ने भएकोले वडा कार्यालयबाटनै भत्ता पाएकोमा खुशीसमेत व्यक्त गरेका थिए ।
भत्ता बुझिसकेकी मल्तीदेवी कुर्मीले अर्को मान्छेको सहारामा बैंक जाँदा उसलाई दिनुपर्ने पैसो आफुलाई बचेकोमा खुशी व्यक्त गरिन् । ‘समयपनि बच्यो, पैसोपनि बच्यो’, उनले भनिन् ‘रोपाईं गर्ने बेलामा बैंक जाँदा दिनभरिनै लाग्थ्यो ।’ पैसा झिकेपछि फर्किने बेला बाटोमा खोसने डरबाट मुक्त भएको कुर्मीको भनाई थियो ।

Next Post

बिपद जोखिम व्यवस्थापन बारे जनप्रतिनिधि र कर्मचारीलाई दुईदिने तालिम

१६ श्रावण २०७६, बिहीबार १६:३१
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुरमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि नगरस्तरिय विपद जोखिम व्यवस्थापन कार्य योजना निर्माण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । एनसिडिआर ताईवानको सहयोग तथा ईन्रुडिक नेपालको समन्वयमा सुरु भएको सो तालिममा बाँकेका बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको सहभागिता रहेको छ । सो […]