सदरलाइनडटकम,
काठमाण्डौ : ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् ।
कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा भड्किएपछि भएको आगलागीका कारण पनि केहीको मृत्यु भएको छ । बिहानबाट शुरु भएको हिंसा करीब ५ घण्टासम्म चलेको थियो ।
कैदी बन्दीले कारागारका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । पछि उनीहरुलाई छोडिएको छ । २ सय जनाको क्षमता रहेको उक्त कारागारमा ३ सय भन्दा बढी कैदी बन्दी राखिएको थियो । त्यहाँका कारागारहरुमा करीब सात लाख बन्दी रहेका बताइन्छ ।
(एजेन्सी)
Next Post

सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन
१४ श्रावण २०७६, मंगलवार १३:५९
सदरलाइनडटकम, नेपालगञ्ज : छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै मंगलवार नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् । २० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग […]
सम्बन्धित
-
१० श्रावण २०७७, शनिबार ११:४३
बाँके एन्फाद्वारा खेलाडीलाई राहत वितरण
-
१३ कार्तिक २०७७, बिहीबार १६:४८
बाँकेमा थपिए २१ कोरोना संक्रमित
-
२० भाद्र २०७६, शुक्रबार १८:२७
गुठी जग्गा छानबीनमा जुट्यो आयोग
-
१७ भाद्र २०७४, शनिबार १४:२१
हतियारसहित राना जमुनाहबाट पक्राउ
-
२२ जेष्ठ २०७७, बिहीबार १४:२४
बार अनुसार पसल खुले पनि हिँडडुलमा कडाई
-
१७ असार २०७३, शुक्रबार १३:५९
भू–माफियाको आँखा सार्वजनिक जग्गामा : कार्यकारी अधिकृत सापकोटा