जुम्मन भए नेपालगञ्जका कार्यबाहक मेयर

१३ श्रावण २०७६, सोमबार ०८:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खाँले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका छन् ।
उप–महानगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगर कार्यालयको कामको सिलसिलामा आईतबार राजधानी प्रस्थान गरेपछि वडा नम्बर ७ का वडा अध्यक्ष खाँले कार्यबाहक मेयरको जिम्मेवारी प्राप्त गरेको नेपालगञ्ज उप–महानगरले जनाएको छ ।
खाँले सोमबारदेखि मेयर र उपमेयर मध्ये एकजना कार्यालयमा उपस्थित नभएसम्म कार्यबाहकको जिम्मेवारी सम्हाल्ने छन ।
यस अघि पनि प्रमुख उप–प्रमुख जिल्ला बाहिर भएको बेलामा सेवाग्राहीको काम प्रभावित नहोस भन्ने उद्देश्यले वडा अध्यक्षहरु मध्यबाट एक जनालाई कार्यबहाक प्रमुखको तोक्ने गरिएको छ ।

Next Post

बिषालु च्याउ खाँदा एकै घरका तीनको मृत्यु

१३ श्रावण २०७६, सोमबार ०८:४५
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : रोल्पामा बिषालु च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । जिल्लाको लुङग्री गाउँपालिका ६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुले गत साउन ८ गते बिषालु […]