विपन्न ब्यक्तिलाई बिना धितो ऋण प्रदान

१२ श्रावण २०७६, आईतवार १४:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले निम्न तथा मध्यम परिवारका ब्यक्तिलाई ब्यवसाय संचालनका लागि डेढ करोड रुपैयाँ बढि बिना धितो ऋण सहयोग गरेको छ । छनौंटमा परेका ब्यक्तिलाई टोलस्तरीय संस्था हुँदै वडा कार्यालयको सिफारस अनुसार बार्षिक १० प्रतिशत ब्याजदरमा बिना धितो ऋण लगानी गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार नगर भवनमा औपचारिक कार्यक्रम गरि साझेदारी विकास कार्यक्रमअन्तर्गत छनौंटमा परेका १६३ जनालाई मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थाप मगर लगायत वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतले छनौंटमा परेका ब्यक्तिलाई चेक हस्तान्तरण गरे । आइतवार एक करोड ३० लाख ७५ हजार रुपैयाँ ऋण सहयोग गरिएको छ । यसअघि ३९ लाख लागतमा ६३ जनालाई ऋण प्रवाह गरिएको थियो ।
छनौंटमा परेका ब्यक्तिलाई चेक हस्तान्तरण गर्दै नगर मेयर राणाले गरिबीको रेखामुनी रहेका जनतालाई सहयोग गर्न स्थानीय सरकारको जिम्मेवारी भएको बताए । साझेदारी विकास कार्यक्रमअन्तर्गत प्रतिब्यक्ति २५ हजारदेखि द’ई लाख रुपैयाँसम्म ऋण लगानीका लागि कार्यविधि बनाइएको छ । आइतवार २५ हजारदेखि एकलाख रुपैयाँसम्म ऋण सहयोग गरिएको कार्यपालिका सदस्य देउमल सुनारले बताए ।

Next Post

सडक दुर्घटनामा बाँकेमा साठी जनाको मृत्यु

१२ श्रावण २०७६, आईतवार १४:४९
सदरलाइनडटकम, नेपालगञ्ज : सडक दुर्घटनामा बाँकेमा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा सडक दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । मृत्यु हुनेमा ४२ पुरुष, १४ महिला र चार जना बालबालिका रहेका […]