नेपालगञ्जमा वित्तिय अनुशासनका बारेमा सेजनको अन्तरक्रिया

११ श्रावण २०७६, शनिबार १९:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : अमेरिकि दूतावासको आर्थिक सहयोग आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा वित्तिय अनुशासनका बारेमा नेपालगञ्जमा जनप्रतिनिधि र सञ्चारकर्मीबीच छुट्टाछुट्टै अन्तरक्रिया आयोजना गरेको छ ।
अन्तरक्रियामा बोल्दै अर्थशास्त्री डा. डिल्लीराज खनालले तीन तहका सरकारका बीचमा वित्तिय अनुशाशन उलंघन गर्ने होडबाजी जस्तै रहेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले आर्थिक अनुशासनको भयावाह परिस्थिती आउनु भन्दा पहिल्यै खबरदारी गर्नुपर्नेमा जोड दिदै भने–‘यस सम्बन्धमा तीनै तहका सरकारलाई पत्रकारदेखि जनतासम्मले निरन्तर प्रश्न उठाउनुपर्छ ।’
अर्थशास्त्री डा.खनालले भएकै नीति, नियम समेतलाई बेवास्ता गर्दै आर्थिक गतिविधि गर्ने काम भइरहेको बताउदै यस्तो कार्य रोक्नको लागि नागरिक खबरदारी आवश्यक हुने गरी सञ्चार क्षेत्रले काम गर्नु पर्ने कुरामा जोड दिए ।
कर्णाली प्रदेशका मुख्य सचिव केवल किरण भण्डारीले पनि आर्थिक अनुशासनलाई सही ‘ट्रयाक’ मा ल्याउन सबैले प्रश्न गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक अनुशासनलाई कायम राख्नको लागि तीनै तहका सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने समयावधि तोकिएको भएपनि निर्धारित समयमा हुन नसक्ने परिपाटिको कारण वित्तिय अनुशासन उलंघन हुने कुरा स्वीकारदै विगतको तुलनामा सुधार भई रहेको दाबी गरे ।
उनले ढिलो निकासा र रकमान्तर गरिने परिपाटिको कारण वित्तिय अनुशासन बढ्दो रहेको उल्लेख गर्दै डिजिटल प्रविधि युक्त बनाउन र प्रयोगमा ल्याउन सके सबै समास्या समाधान हुने कुरामा जोड दिए ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले आर्थिक मुद्दामा पत्रकारलाई थप क्रियाशिल बनाउने उदेश्यले मोफसलमा पनि निरन्तर छलफल तथा प्रशिक्षण जस्ता कार्यक्रमलाई गरिरहेको बताए । सेजनका महासचिव भिम गौतमले यस्ता कार्यक्रमले आर्थिक मुद्दामा कलम चलाउन थप प्रोत्साहन मिल्ने उल्लेख गरे ।
पहिलो दिन जनप्रतिनिधिसंग छलफल गरेको सेजनले शनिवार यहाँका पत्रकारहरुसंग छलफल आयोजना गरेको थियो ।

Next Post

नाइजेरियामा २३ जनाको गोली हानी हत्या

११ श्रावण २०७६, शनिबार १९:१३
सदरलाइनडटकम, काठमाण्डौ : नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन् । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना (मिलिशिया) ले बताएका छन् । ‘मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले […]