जम्मू–कश्मीरमा सुरक्षाकर्मीसँगको भिडन्तमा २ आतंकवादी मारिए

११ श्रावण २०७६, शनिबार १६:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भीडन्तमा दुई जना आतंकवादीको मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)का अनुसार शोपिया जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो ।
भिडन्तमा पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका शीर्ष कमाण्डर मुन्ना लाहौरी र उनका साथी तथा स्थानीय आतंकवादी मारिएका हुन् । प्रहरीका अनुसार पाकिस्तानमा बसोवास गर्ने लाहौरी (बिहारी) काश्मीरमा कैयौँ मानिसहरुको हत्यामा संलग्न थिए । लाहौरीले जैश–ए–मोहम्मद संगठनमा मानिसहरुलाई भर्ती गर्ने काम पनि गर्दथे ।
एक प्रहरी अधिकारीका अनुसार शोपियाँको बोनबजार क्षेत्रमा आतंकवादीहरु रहेको समाचार प्राप्त भएपछि खोज्न सुरु गरेको थियो । त्यसपछि सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो । भिडन्तपछि सशस्त्र बलले हतियार र विस्फोटक सामग्री बरामद गरेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय सरकारको सत्ता सम्हालेपछि अहिलेसम्म जम्मू–कश्मिरमा ९६३ जना आतंकवादी मारिएका छन् । यही क्रममा आतंकवादीविरुद्धको कारबाहीमा ४१३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सरकारका अनुसार यो वर्ष सीमा क्षेत्रमा हुने घटनामा पछिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले कमी आएको छ ।
(एजेन्सी)

Next Post

नेपाल हिन्दुराष्ट्र हुनुपर्ने भाजपा नेता स्वामीको तर्क

११ श्रावण २०७६, शनिबार १६:२९
सदरलाइनडटकम, काठमाण्डौ : विश्व हिन्दु संघ र वल्र्ड हिन्दु फेडरेशनको संयुक्त आयोजना शनिवारदेखि काठमाण्डौमा शुरु भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमा भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद डा. सुब्रमनियम स्वामीले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने माग राखेका छन् । केही घन्टाका लागि मात्र काठमाण्डौ आएका डा. स्वामीले गोष्ठीमा आफ्नो ‘किनोट’ मन्तव्यलगत्तै […]