मनसुनी गतिविधि कमजोर बन्दै

  
  प्रकाशित मितिः शनिबार, साउन ११, २०७६       | 61 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कमजोर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कमजोर हुने मौसमविद् मीनकुमार अर्यालले बताए ।
तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रकाशित मितिः शनिबार, साउन ११, २०७६     2:30:26 PM  |