प्रदेश ५ लोक सेवा आयोगमा भट्टराई सिफारिश

  
  प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६       | 25 Views   ||

सदरलाइनडटकम,
बुटवल : प्रदेश पाँचको लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
सोही अनुसार मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, समितिको सिफारिशको आधारमा प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा व्यवस्था छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     4:33:46 PM  |