नेपालगञ्जको वडा नम्बर १८ ले दियो हातमै सामाजिक सुरक्षा भत्ता

९ श्रावण २०७६, बिहीबार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  सामाजिक सुरक्षा भत्ताका लागि नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ ले वडा कार्यालयबाटै वितरण गर्न सुरुवात गरेको छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक र अपाङ्गको सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको जनाएको छ ।
उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमा जम्मा गरिदिने भए पनि आफुहरुले खाता संचालन भएको सेञ्चुरी बैङ्कसँग समन्वय गरि वडा कार्यालयबाटै वितरण गरेको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिए । बिहिवारदेखि सुरु भएको भत्ता वितरण कार्य शुक्रबारसम्म चल्नेछ ।
वडा अध्यक्ष बर्माले वडाभित्र सामाजिक सुरक्षा भत्ता पाउनेमा जेष्ठ नागरिक दलित ८०, अन्य जेष्ठ नागरिक १ सय ६६, एकल महिला २ सय ८३, पुर्ण अपाङ्ग १४, आंशिक अपाङ्ग १६, दलित बालबालिका १ सय ६९ गरि जम्मा ७ सय २८ जना रहेको बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि सेञ्चुरी बैंङ्कले आफ्ना कर्मचारी मेनुका शर्मासहित दुईजनालाई वडा कार्यालय मै खटाएका वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । उनले सामाजिक सुरक्षाभत्ता पाउनेहरुको सहजताका लागि जनप्रतिनिधिले सहजिकरण गदै वडा मै बैंक बोलाएर सेवाग्राहीको हात मै नगद राखिदिएको स्पष्ट पारे ।

Next Post

‘लागुऔषध नेपालगञ्जको मुख्य चुनौती’

९ श्रावण २०७६, बिहीबार १८:२४
सदरलाइनडटकम, नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले लागुऔषध नेपालगञ्जको मुख्य चुनौतीका रुपमा रहेको बताएका छन् । भर्खरै सरुवा भएर आएका प्रहरी निरीक्षक बस्नेतले चोरी, तस्करी र गुण्डागर्दीलाई पनि प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको दावी गरे । नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रहरुबाट राय सुझाव […]