गुल्मीको पहिरोमा मृतकको संख्या १० पुग्यो, दुई बेपत्ता

  
  प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६       | 48 Views   ||

सदरलाइनडटकम,
गुल्मी : गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुगेको छ । अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा मृत्यु हुनेको संख्या दश पुगेको हो । दुई जना बेपत्ता छन् । जिल्लाको सत्यवति गाउँपालिका का २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ६५ वर्षीया छल्ली विक, २८ वर्षीय ापम्फा विक १२ वर्षीया अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक र हिमान्सु बिक रहेका छन् । सोही परिवारका एक जना वालक मावली घरमा गएकाले जिवितै रहेका छन् ।
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षीया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो । उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाउँदा ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
उद्धारका लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटनास्थलल पुगेका छन् । ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् । उनीहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ । प्रहरीसँगै उपचारका लागि स्वास्थ्यको टोली पनि घटनास्थल पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६     2:51:30 PM  |