पैंतिस सय घुससहित असई पक्राउ

६ श्रावण २०७६, सोमबार १८:२५
 

सदरलाइनडटकम,
बुटवल : घुससहित रुपन्देहीमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा घुससहित पक्राउ परेका हुन् ।
स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । रोहीणी गाउपालिका १ स्थित एक रेष्टुरेन्टबाट व्यापारीसँग ३५ सय रुपयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
थापालाई घुस रकमसहित आवश्यक अनुसन्धानका लागि टंगाल स्थित आयोगको केन्द्रीय कार्यालय पठाइएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

Next Post

‘वीपीको विचारले नेपाली समाज समाजवादतर्फ उन्मुख हुने’

६ श्रावण २०७६, सोमबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइरालाले बहुआयामिक नेता स्वर्गीय वीपीको विचारलाई बोक्न सके नेपाली समाज समाजवाद उन्मुख हुने बताएका छन् । ३७ औं वीपी स्मृत दिवसका अवसरमा सोमबार नेपालगन्जमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा. कोइरालाले वीपीको नीति अवलम्बन गर्न सबैलाई आग्रह गरे । उनले त्यागी, तपस्या […]