‘प्रदेश ५ मा विप्लवको गतिविधि नियन्त्रणमा’

६ श्रावण २०७६, सोमबार १७:५४
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा प्रतिबन्धित विप्लव समूहको गतिविधि घटेको बताएका छन् । प्रदेश मामिला तथा कानून समितिको सोमवारको वैठकमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि विगतको तुलनामा घटेको बताएका हुन् ।
समितिका सदस्य काँग्रेस सांसद भुवनेश्वर चौधरीले प्रदेश ५ का जिल्लाहरुमा विप्लवका गतिविधि फेरि बढ्न थालेको र विगतको जस्तै द्वन्द्व फेरि दोहोरिने हो कि भन्ने जनतामा चिन्ता बढेको बताएपछि जवाफमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि बढेको नभई घटेको बताए ।
वैठकमा सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, खड्कबहादुर खत्री, सरस्वती गौतमलगायतले तिलोत्तमा नगरपालिकामा रातको समयमा बुद्ध मुर्ति फुटाइएको, बुटवल १ मा बुटवल उपमहानगरले १६ परिवारलाई वैकल्पिक व्यवस्थाविना वस्तीमा डोजर लगाएर विस्थापित बनाएको, महंगी अनियन्त्रित ढंगले बढेको गुनासो गरेका थिए ।
यस्तै उनीहरुले सुशासन कायम हुन नसकेको, स्थानीय तहहरुमा हुने विकास निर्माणमा भ्रष्टाचार र अनियमितता रोक्न प्रभावकारी अनुगमन हुन नसकेको, प्रदेश लोक सेवा आयोग गठन, मल अभाव, शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Next Post

पैंतिस सय घुससहित असई पक्राउ

६ श्रावण २०७६, सोमबार १७:५४
सदरलाइनडटकम, बुटवल : घुससहित रुपन्देहीमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा घुससहित पक्राउ परेका हुन् । स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । रोहीणी गाउपालिका १ […]