नेपालगञ्जमा लागत भन्दा कममा बस खरीद

६ श्रावण २०७६, सोमबार १६:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपैयाँ कममा यात्रु बस खरीद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरीद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरीद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस खरीद गरिएको हो ।
सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५ लाख ७६ हजार रुपैयाँमा खरीद गरिएको हो । बस खरीदका लागि लागत राष्ट्रिय पत्रिकामा ईबिडिङ्ग सार्वजनिक सूचना प्रकाशन गरिएकोमा सिप्रदी टेडिङ्गले टेण्डर प्राप्त गरेको हो । २०७५ साल पुष २६ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपमहानगरपालिकाले लक्षित वर्गलाई दृष्टिगत गरि कार्यक्रम संचालन गर्न साझेदारी विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गसँग स्थानीय सरकार सहितको कार्यक्रम संचालनका लागि बजेट माग गरिएको थियो ।
विशेष अनुदानअन्तर्गत गाउँ नगर साझेदारी कार्यक्रम संचालन गर्नका ५ करोड अनुदान प्राप्त भएको हो । उपमहानगरपालिकाले गठन गरेको साझेदारी विकास कार्यदलले ठुला चारवटा र मझौला तिनवटा बस खरिद गर्ने निर्णय चैत १३ गते गरेपछि बोर्डले स्वीकृत गरेको हो । कार्यपालिकाको निर्णय अनुसार, विद्युतीय खरीद प्रर्णाली सञ्चालित निर्देशिका २०७४ अनुसार ई–विडिङ्ग गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

Next Post

भारतद्वारा चन्द्रयान दुईको सफल प्रक्षेपण

६ श्रावण २०७६, सोमबार १६:३९
सदरलाइनडटकम, काठमाण्डौ : भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ । चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमवार दिउँसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । गतसातानै गर्ने भनिएको उक्त प्रक्षेपण यानको इञ्जिनमा खराबी देखिएपछि एकसाताका लागि […]