५० ग्राम ब्राउन सुगरसहति कुर्मी प्रहरी नियन्त्रणमा

५ श्रावण २०७६, आईतवार १८:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले ५० ग्राम ब्राउन सुगरसहित नेपालगन्ज–१२ बेलासपुरका २७ वर्षिय उपेन्द्रप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
आइतबार दिउसो २ः३५ बजेको समयमा भारतीय नंम्बर प्लेटको युपी २१ एके ६३९८ नंम्बरको मोटरसाईकलमा लुकाएर भारतको रुपैडिहा बजारबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा प्रहरीले सीमा क्षेत्रको जमुनाहमा चेकजाँचको क्रममा सो लागू औषध बरामद गरेको हो । बरामद भएको ब्राउन सुगर एकै पटक एक जनासंग ठूलो परिमाणमा भएको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नयव उपरिक्षक प्रकाश सापकोटाले रुपैडिहाबाट भारतीय नंम्बरको मोटरसाईकलमा नेपालगन्ज आउदै गरेका कुर्मीका साथबाट ५०ग्राम ब्राउन सुगरसहित ईलाका प्रहरी कार्यालय जमुनाहले नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले प्रहरी नियन्त्रणमा रहेका कुर्मीलाई घटनास्थलको बरामदी मुचुल्का गरी थप अनुसंन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईदै गरेको प्रनाउ सापकोटाले बताए ।

Next Post

बाँकेका उत्कृष्ट निजी र सामुदायिक बन पुरस्कृत

५ श्रावण २०७६, आईतवार १८:१०
सदरलाइनडटकम, नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेअन्तर्गत रहेका १ सय १९ सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै विभिन्न ३ वटा सामुदायिक वन उपभोक्ता समूह र ४ वटा निजी वनका किसानहरुलाई प्रमाणपत्रसहित नगद रकमले पुरस्कृत गरेको छ । नेपालगञ्जमा आइतवार गरिएको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक […]