नेपालगञ्ज नाकाबाट ६ अर्ब बढीको चामल आयात

५ श्रावण २०७६, आईतवार १८:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा बढीको चामल भारतबाट आयात भएको छ । कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्य सामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ । पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको हो ।
गत आर्थिक वर्ष ०७५/०७६ मा नेपालगञ्ज नाका भएर भारतबाट ६ अर्ब ४७ करोड ७० लाख ६२ हजार ४५३ रुपैयाँको चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । निरौलाका अनुसार आ.व.२०७४/०७५ मा पाँच अर्व ८५ करोड १८ लाख १४ हजार ३४१ रुपैयाँको चामल आयात भएको थियो । तर गत आ.व.मा एक अर्ब ३६ करोड ९८ लाख ५० हजार ८३७ रुपैयाँको आलु आयात भएको छ ।
आ.व. २०७४/०७५ मा ७७ करोड २७ लाख १२ हजार ११ रुपैयाँ बराबरको आलु आयात भएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, आँप, अम्बा, प्याज, केरा, लसुन आयात पनि बढेको छ । आ.व. ०७४/०७५ मा सात करोड ८८ लाख ७९ हजार ८७० रुपैयाँको प्याज आयात हुँदा गत आवमा ३४ करोड ५६ लाख २० हजार ५८३ रुपैयाँको प्याज आयात भएको छ ।
त्यसैगरि, गत आ.व.मा २९ करोड १३ लाख ३८ हजार ९०४ को केरा, ११ करोड ३४ लाख ६३ हजार ९३६ को आँप र अम्बा तथा तीन करोड ६६ लाख २३ हजार ५१५ को टमाटर भारतबाट आयात भएको छ । आ.व. २०७४/०७५ मा चार करोड ९६ लाख २५ हजार ७६ रुपैयाँको केरा, दुई करोड ६० लाख ४९ हजार ५९९ रुपैयाँको आँप र अम्बा तथा ४४ लाख ६३ हजार ८८५ रुपैयाँको टमाटर भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Next Post

५० ग्राम ब्राउन सुगरसहति कुर्मी प्रहरी नियन्त्रणमा

५ श्रावण २०७६, आईतवार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले ५० ग्राम ब्राउन सुगरसहित नेपालगन्ज–१२ बेलासपुरका २७ वर्षिय उपेन्द्रप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको हो । आइतबार दिउसो २ः३५ बजेको समयमा […]